देश ब्यापी राजनीतिक जागरण सहितको लिपि चिनाउने अभियानको पहिलो चरण

अभियानको क्रममा भोगेका भोगाईहरुको बेलिबिस्तार तपाईलाई सुनाउदैछौ | आउनुहोस सकिन्छ संगै निस्कौ, सकिदैन साथ दिनुहोस त्यति सम्म नि नसके मौन रहनुहोस, हामीले आफ्ना स्वार्थको पर्खाल भत्काएर समुदायको लागि जिबनको केहि उर्बर हिस्सा सुम्पिने आट गरेको छौ |

ཝང་ཛུ་ ཝཨི་བ་ ཏ་མང་

5/30/20251 min read

हिड्न चाहेर मात्रै यात्रा तय हुदैन, पागलपनले हद पार गरे पछि पाइलाहरु अगाडी बढ्ने रहेछ त्यहि पागल पात्र बन्न पुग्यौ र यो यात्रा स्मरण पागल पात्रहरुको हो.........

यो यात्रा जागरणको हो, यो यात्रा तामसालिङको बिम्बहरुको पुनर्जागरणको हो र हामी तपाइको गाउ बस्तीको यात्रामा अस्तित्वको बिम्बहरू, इतिहासको पानामा कोरिएका दर्दनाक रोदनहरु, दासत्वको भुमरीमा पारेर अस्तित्व बिहिन भएका हाम्रो आजको अबस्थाको विकल्पको खोजीको अभियानमा छौ, हो हामी ताम्सालिङ प्राप्तिको लडाइमा एक पागल पात्र बन्न निस्कदैछौ ।

म वाङजु वाइबा तामाङ

प्रबासबाट केहि महिनाको छुट्टीमा फर्किएको थिए, ताम्सालिङ भुमि टेकेपछि पाइलाहरु भन्दा पहिला मस्तिष्क चल्न थाले, सम्झीए त्यहि सडकहरु जहा लडेका थियौ, सम्झे उही साथीहरु जो संग एक दुनोट बाड्दै आन्दोलनहरुमा होमिएका थियौ र बिस्तारै मनमा उही पागलपन हावी हुदै गयो र शुरु गर्यौ यात्राको तयारी र निधो गरे नफर्किने एक पागल निर्णय थाहा हुदा हुदैन असुरक्षित भबिस्यको लय....

नेपाल आउने बितिक्कै लिपि क्षेत्रमा काम गरिरहनु भएको अग्रज अच्यो अजितमान तामाङ ज्युलाइ भेटेर मैले बनाएको प्रोजेक्टको बारेमा सुनाए । उहा संगको बसाइमा धेरै कुराहरु सिक्न पाए त्यसरी नै तामाङ समाजको अग्रज व्यक्तित्वहरु संग भेटेर सल्लाह लिने काम गरे । र यात्रालाई निरन्तरता दिदै अगाडी बढे ।

केहि जिल्लाहरु गुमे, केहि बस्तीहरु चहारे, सर्लाही, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, नवलपुर र तनहुका केहि युवाहरुलाई लिपिको महत्व, र डिजिटल लेखन सिकाउदै हिडे, जुन म आफैले तयार पारेको एक वेबसाइड हो । यहि क्रममा रौतहट पुग्दा महसुस गरे केहि गरि देशब्यापी गठन भएको तामाङ समुदायको छाता संगठन नेपाल तामाङ घेदुङका जिल्ला कार्य समितिलाई मात्रै लिपि लेखन सिकाउन पाए तामयिक लिपि प्रतिस्थापनमा केहि देखिने गरि सहायता मिल्न सकिन्छ कि भनेर र कल गरे घेदुङका संघिय अध्यक्ष मोहन गोले ज्युलाई र बेलिबेस्तार सुनाए । यहि क्रममा अध्यक्ष ज्युले याम्बु फर्के पछि भेट्ने कुरा गर्नु भयो ।

अध्यक्ष ज्यु संगको भेटमा धेरै कुराहरुको बारेमा सरसल्लाह भयो र निधो गर्यौ, अब बस्ति बस्तीमा हाम्रा आवाज पुर्याउने अभियान शुरु तत्काल गर्नेछौ । अनि घोषण गर्यौ दुइ पागलहरुको यात्रा तयारी र शुरु गर्ने भयौ पहिलो चरणको जिल्ला ब्यापी यात्रा र लाग्यौ बैशाख ९ गते मकवानपुरतिर.....

मकवानपुरको बागमाती गाउपालिकामा हालै लागु हुदै गरेको मातृभाषा शिक्षाको पहिलो चरणको कार्यक्रममा अध्यक्ष मोहन गोले, भाषाविद तथा सामाजिक अभियानता अजितमान तामाङ ज्युको उपस्थिमा हुदै गरेको कार्यक्रममा हिस्सा लियौ । पहिलो दिनको कार्यक्रममा अध्यक्ष ज्यु र भाषाविद अजितमान तामाङ ज्यु बक्ताको रुपमा रहनु भयो र दोस्रो दिन अजितमान तामाङ ज्यु संगै मैले पनि एक सेसन तामयिक लिपिको डिजिटल लेखन सिकाउने कार्यक्रम सकायौ । कार्यक्रम बागमती गाउपालिकाको आर्थिक सहयोगमा भएको थियो र कार्यक्रमको सबै ब्यबस्थापन ताम्सालिङ प्रदेशको घेदुङ अध्यक्ष लिला घलान ज्युले गर्नु भएको थियो । यहि क्रममा लिपि प्रशिक्षक लिला बहादुर स्याङ्तन र दर्पण तामाङ ज्यु संगको बसाइ पनि धेरै यादगार रह्यो । त्यहाको कार्यक्रम सकाएर चितवन लाग्यौ ।

बागमती गाउपालिकाको सभा हलमा

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनको आयोजनामा भाषा, लिपी प्रबर्द्धन तथा सामुदायिक अधिकार बिषयक प्रशिक्षण कार्यक्रम चितवनको भरतपुर महानगरपालिका -११ भोजाडमा सम्पन्न गरियो

कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष Mohan Gole Tamang ज्यु संघीय सचिव Goman Singh Rumba ज्यु लगायतको उपस्थिति रहेको थियो

चितवनको कार्यक्रम सकिए लगतै निस्कन लाग्दा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनका सल्लाहकार समाजसेवी भरतपुर महानगरपालिका -११ भोजाड निबासी अधिबक्त अजय तामाङ ज्युको पुजनिया पिता भिम बहादुर तामाङको मिति २०८२ जेष्ठ १० गते ७८ बर्षको उमेरमा भएको असामयिक निधनको खबर सुनेर भोज भतेरहरुमा भए छिरिदैन थियौ, शोकको बेला उपस्थिति जनाउने बिद्रोही चेतना बोकी शोकाकुल परिवारलाइ भेट्यौ

यी सबै काम सकाएर, हामी नारायणी किनारमा एक होटलमा कोठा लियौ र त्यतै थन्किने निर्णय लियौ

भोलि पल्ट बिहान हामी नवलपुरको कावासोती हानियौ । नवलपुर जिल्ला घेदुङको समन्वयमा कावासोतीमा कार्यक्रम समापन गरियो ।

कावासोतीमा कार्यक्रम सकाएर धादिङ बेसी लाग्यौ । धादिङ बेसीमा झर्दै गर्दा अध्यक्ष ज्युले कल गर्नु भयो र तामाङ समाजको उदाहरनिय अग्रज व्यक्तित्व दिलमान पाख्रिन ज्युले खाना र बस्नको ब्यबस्था गर्दिनु भयो । भोलि पल्ट बिहानको खान खाएर कार्यक्रम हल तिर लाग्यौ । धादिङ जिल्ला घेदुङको समन्वयमा कार्यक्रम सफल पारियो ।

अभियान कै क्रममा विभिन्न प्रदेशका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधिहरुलाई भेट्दै कानुनी रुपमा राज्यले छुट्याएका तामाङ्ग केन्द्रित बजेटहरुको कार्यन्वयन सम्बन्धि छलफल पनि गरियो ।

मैले बोल्नै पर्छ.....

यी भौतारिएर हिड्नु हाम्रो रहर होइन, यो दमनको आगोबाट भतभती पोलेको छातीको मलम हो । हामी सुनाउन हिड्दैछौ र जबर्जस्ति सुनाउन खोजिरहेको छौ मुक्तिको नाराहरु, यो देश तामाङको पनि हो भनि अनुभव गर्जन नपाउने समुदायमा हुर्केको हु । कुकुर पुजेर गाइ मारेको आरोपमा गोलि हानेर मारिएको समुदायको प्रतिनिधित्व गर्छु । कयौ बर्षहरु दासत्वको च्यादर ओडी बस्न बाध्य रह्यौ, मासिन्यको दब्बा ओडेर जिउन बिबस भयौ र आज हामीले भुली सकेको छौ भाषा लिपि र सामाजिक सास्कृतिक अभ्यासहरू, हो यै भुली सकेको सबै अस्तित्वको जगहरुलाई पुनर्जागरण गरि पूर्ण अधिकार सहितको तामाङ बन्नको लागि ताम्सालिङको अवधारण बोकी गाउ बस्ति चहारिरहेको छौ । हाम्रा पनि रहर हरु थिए होलान, ठुला ठुला आकांक्षाहरु नभएका होइन, आम मानवमा हुने रहरहरु जबर्जस्ति मार्दै जागरण अभियानमा जोडेको छौ । बुढा बुढी भएका घरका आमा बुबाले छोरा ठुलो भएसी सुखमा राखिएला भन्ने आशालाई मार्दै कयौ चोटी आउने फोनहरुलाई बेवास्ता गर्दै, भाइ बहिनीहरुको प्यारो दाइ बन्न नसकेको गुनासो अन्जान बन्दै लागिरहेको छौ । बुढाले कमाएर सुखमा राखिएला सोच्ने पुरातन चेतनाको जन्जिरमा उनिएको बैबाहिक जिबनको भ्रम चिर्दै इतिहासको बिम्ब उभ्याउने सपना बोकी हिडेको छौ । म हिड्दै गर्दा मेरो मात्रै शौखिन सपनाहरु मर्दैनन । म संग जोडिएको मेरो परिवारको पुजीबादी समाजले तयार पारेको खुसीको बिम्ब भत्किन्छ । यी सबैको बेवास्त गर्दै निरन्तर देशब्यापी अभियानमा छौ सकिन्छ साथ दिनुहोस । सकिदैन मौन नैतिक समर्थन दिनुहोस हामी आउने पुस्ताले धिकार्ने पुस्ताको बोझ सबैको शिरबाट हटाउन चहान्छौ ।

प्रिय पात्र बोङ्सर,

घरमा बिमारी बुढी, बिमारी आमा छोडेर समाज परिबर्तनको सपना बोकेर हिड्दै गर्दा तपाइ प्रति आइपरेको अभियोगको प्रत्यक्षदर्सी बन्न पुगे, केहि व्यक्तिको चतुर्याइमा परेर धमिलो बन्न पुगेको यो परिचय भोलिका दिनमा सबैले बुझ्नेछन र मैले जस्तै गरि ए हाम्रो नेतृत्व त्यति घृणित चरित्रको होइनन भन्ने बुझ्नेछन तर त्यो समय धेरै ढिला भैसकेको हुनेछ । मैले बुझेको सतही बोङ्सर आज सहयात्रीको रुपमा हिड्दै गर्दा चिन्न पाए, मन भित्र देखि नै सम्मान जागेको छ । हामी मिलेर यो भ्रम चिर्नेछौ । १४ करोड घोटालाको भ्रमबाट जति छिटो सबैको नजरको पर्दा उतार्न सकुम, म लगायत तपाइँ प्रति बिस्वास गर्नेहरुमा शुभकामना

हामी हिडेको अभियानको आज सममको आर्थिक ब्यबस्थापनको कुरा

प्रेजेन्टेसन गर्न प्रोजेक्टर, तामसालिङको आवाज तपाईहरुको कान सम्म पुर्याउन प्रयोग हुने स्पिकर र टेक्निकल सामानहरु हामी आफै बोकी हिडेको छौ । अब हलमा डिजिटल लिपि लेखन सिकाइको लागि चाहिने पकेट वाइफाई पनि बोकी नै हिड्नेछौ । यी सबै प्राबिधिक सामानहरु हामी आफै बोकी हिडेकोछौ । बाटो खर्च ब्यबस्थापनको लागि, इच्छुक व्यक्तित्वहरुलाई मोहन गोले तामाङद्वारा लेखित दुइ पुस्तकहरु बेचेर ब्यबस्थापन गर्दै आएकोछौ । मकवानपुरमा दुइ दिन बस्दा त्यहाको ब्यबस्थापन ताम्सालिङ प्रदेशका घेदुङ अध्यक्ष लगायतको टिमले गर्नु भयो र धादिङबेसीको बसाइलाई आदर्निय व्यक्तित्व दिलमान पाख्रिन ज्युले गर्नु भयो त्यहि क्रममा कार्यक्रम ब्यबस्थापन गर्नु हुने सबै जिल्ला घेदुङका पदाधिकारी ज्यूहरुमा हृदय देखि नै धन्यबाद ।

हामी कसैबाट परिचालित छैनौ । हामी अस्तित्वको लडाइमा स्वफुर्त लागिरहेको छौ । यसरि नै भोलिका दिनहरुमा सबैको साथ् सहयोगको अपेक्षा गर्दछौ । अब अर्को यात्रा डयारीमा भेटौला ।

जय तामसालिङ, तामाङ एकता जिन्दाबाद ।